अन्ततः गण्डकी प्रदेश सरकारबाट बाहिरिँदै एमाले, राप्रपा नै निर्णायक शक्ति

नेकपा एमाले गण्डकी प्रदेश प्रमुख सचेतक देवका पहारीले आफ्ना मन्त्रीहरुलाई फिर्ता लिने निर्णय गरेको बताएकी छिन् । भर्खरै सकिएको संसदीय बोर्डको बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक पहारीले जानकारी दिइन् ।

पहारीका अनुसार एमालेका चारैजना मन्त्रीले सामुहिक राजीनमा बुझाउँदै बाहिरिने तय भएको हो । केन्द्रमा एमाले र नेकपा मिलेर जाने सम्झौताले उत्पन्न परिस्थितिपछि गण्डकी सरकारमा गडबडी सुरु भएको हो ।

दुई कम्युनिष्ट पार्टी मिलेपनि उनीहरुसँग सरकार गठन गर्न सक्ने बहुमत छैन बागमतिमा एमालेले राप्रपाभित्र खेलेपछि त्यसको प्रतिकुल असर गण्डकीमा पर्ने देखिएको छ ।

राप्रपाले कम्युनिष्ट पार्टीलाई सघाउने सम्भावना कम रहेकाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का सांसद फणिन्द्र देवकोटालाई साथ लिएर सरकार बनाउने सम्भावना बढेको छ ।

यसकारण यसपटक पनि गण्डकी सरकारको हिसाबकिताबमा राप्रपा नै निर्णायक शक्ति रहेको छ ।

एमालेबाट गण्डकीमा गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन, भीमबहादुर कार्की कृषि र लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य मन्त्री छन् ।

Exit mobile version