पहिलो ओमानी सगरमाथा आरोही नधिराको ब्रोड पीकमा निधन, ‘निम्स दाई’को खोजी जारी

ओमानकी अग्रणी पर्वतारोही तथा सगरमाथाको सफल आरोहण गर्ने पहिलो ओमानी महिला नधिरा अल हार्थीको पाकिस्तानस्थित ब्रोड पिकमा आएको भीषण हिमपहिरोमा दुःखद निधन भएको छ।

उनले सन् २०१९ मा सगरमाथा आरोहण गर्दै इतिहास रचेकी थिइन्। त्यसपछि उनी पाकिस्तानको केटु सफल आरोहण गर्ने पहिलो ओमानी पनि हुन् ।
उनका उल्लेखनीय उपलब्धिहरूमा मनास्लु, नाङ्गा पर्वत, आमा डब्लाम र म्याटरहर्नजस्ता विश्वप्रसिद्ध हिमालहरूको सफल आरोहण पनि समावेश छन्।

उनका यी उपलब्धिहरूले ओमान मात्र नभई सम्पूर्ण अरब जगतका पर्वतारोहीहरूलाई प्रेरणा दिएको ओमानी मिडियले लेखेको छ ।
ब्रोड पिकमा आएको हिमपहिरोपछि उनीसहित १० जना पर्वतारोही बेपत्ता भएका छन्।

विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा निम्स दाईको नेतृत्वमा रहेको टोलीसँग हिमपहिरोपछि सम्पर्क हुन सकेको छैन।

पाकिस्तान सेनाका हेलिकोप्टर र विशेष उद्धार टोलीले अत्यन्त चुनौतीपूर्ण उच्च हिमाली क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।

Exit mobile version