कास्की प्रहरीले अप्रेशन ३६५ अभियानलाई निरन्तरता दिएको छ ।
अभियान अन्तर्गत चर्को आवाज निकाल्ने र स्वरुप परिवर्तन गरी चलाएका १८ वटा मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
गएराती पोखराका बिभिन्न ठाउँमा चेकजाँच गर्ने क्रममा स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने १८ वटा सवारी साधन नियन्त्रणमा लिई कारवार्ही प्रक्रिया अगाडी बढाईएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।
वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले लेकसाईड, ड्यामसाईड, बिरौटा, छोरेपाटन क्षेत्रबाट ११ वटा मोटरसाईकल र बगरबाट खटिएको टोलीले बाग्लुङ बसपार्क, हरिचोक क्षेत्रबाट ७ वटा मोटरसाईकल नियन्त्रणमा लिएको प्रवक्ता पासवानले बताए ।
अभियान अन्तर्गत हालसम्म ७ सय ४० वटा सवारी साधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिई कारवार्ही गरिएको प्रहरीले जनाएको छ ।
