कारभित्र जलेको अवस्थामा शव भेटियो, घटनास्थल पुग्यो प्रहरी

काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार स्थानीयले कारभित्र एक व्यक्ति जलेको अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।

घटनाको प्रकृति, मृतकको पहिचान तथा आगलागीको कारणबारे तत्काल केही खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनास्थलको मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने तथा प्राविधिक परीक्षणसहित आवश्यक अनुसन्धान भइरहेको छ।

मंगलबार बिहान बा५च ३०३८ नम्बरको कार जलेको हो ।

आगलागीको कारण र मृतकको पहिचान खुलेको छैन । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।

प्रहरीले घटनाका सबै पक्षबाट अनुसन्धान अघि बढाइएको र थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।

Exit mobile version