पोखरा १४ बाट भरुवा बन्दुकसहित तीन पक्राउ

पोखरा महानगरपालिका मझेरीपाटनबाट भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीय अजय नेपाली, २६ वर्षीय सन्जय नेपाली र ३० वर्षीय साजन विश्वकर्मा छन् । प्रहरीले उनीहरुलाई गएराति दस बजे पक्राउ गरेको जनाएको छ ।

साजनको कोठाबाट एक नाल भरुवा बन्दुक र फलामको धारिलो हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारमा राखिएको छ ।

Exit mobile version