स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १०० दिनको उपलब्ध सार्वजनिक गरेको छ । मन्त्री निशा मेहताको सचिवालयले २२ बुँदे उपलब्धी सार्वजनिक गरेको हो ।
उपलब्धीमा निशूल्क स्वास्थ्य पोर्टल सार्वजनिक गरी सञ्चालनमा ल्याइएको, विभिन्न संघीय अस्पतालमा एकीकृत स्वास्थ्य ड्यासबोर्ड सञ्चालनमा ल्याइएको, बिरामी प्रेशण निर्देशिका कार्यान्वयनमा ल्याइएको लगायतका विषयहरु उल्लेख छ ।
त्यस्तै, मन्त्रालयले नागरिकलाई निशूल्क उपलब्ध गराइने औषधिहरुको उत्पादन गर्न नेपाल औषधि लिमिटेडसँग स्वास्थ्य सेवा विभागले सिँधै खरिद गर्ने लगायतका उपलब्धी रहेका छन् ।
२२ बुँदामा उल्लेख उपलब्धीः
