विश्वकप लिग-२ का खेलाडीलाई शुभकामनासहित बिदाई

नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक श्रृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार एक कार्यक्रमबीच आगामी जुलाई २१ देखि सुरु हुने प्रतियोगिताका लागि टोलीलाई शुभकामनासहित बिदा गरेको हो ।

नेपाल, नामिबिया र घरेलु टोली नेदरल्यान्ड्सबीच हुने यस श्रृंखलाअघि नेपाली खेलाडीहरू विशेष तयारीका लागि सुरुमा जर्सी पुग्ने कार्यक्रम छ ।

स्थानीय वातावरणसँग अभ्यस्त हुन जर्सीमा नेपालले जुलाई १३ र १५ तारिखमा दुई वटा ५० ओभरको खेल खेल्ने तालिका तय भइसकेको छ ।

हालै घरेलु मैदानमा सम्पन्न ८ मध्ये ६ खेल जितेर बलियो लयमा देखिएको नेपालले सोही प्रदर्शनलाई युरोप भ्रमणमा पनि निरन्तरता दिने लक्ष्य राखेको छ।

Exit mobile version