म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् ।
धौलागिरी गाउँपालिका वडा नम्बर ७ धारापानी बस्ने ६८ वर्षीय ईन्द्रबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला म्याग्दीको धौलागिरी गाउँपालिका वडा नम्बर ७ बस्ने परियारले सोही जिल्लाकी १३ वर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगी मोबाइल दिई ललाई-फकाई गरेर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
बालिकालाई ‘मोबाइल दिई ललाई-फकाई जबर्जस्ती करणी गरेको’ भन्दै प्रहरीमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिएको हो ।
हाल पक्राउ परेका परियारमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
