बिरौटमा महिलामाथि अन्धाधुन्ध चक्कु प्रहार, ध्रुवराज पक्राउ

पोखरको बिरौटास्थित राममन्दिर नजिक एक महिलामाथि अन्धाधुन्ध चक्कु प्रहार भएको छ ।

उक्त महिला ४७ वर्षीया मुना तिवारी रहेको वडा प्रहरी कार्यालय, बैदामले जनाएको छ भने चक्कु प्रहार गर्ने पोखरा माझठानाका ध्र्रुवराज अधिकारी रहेका छन् ।

चक्कु प्रहारबाट तिवारीको शरीरका विभिन्न स्थानमा चोट लागेकाले उनलाई नजिकै रहेको नोबेल अस्पताल लगिएको छ ।

चक्कु प्रहारलगत्तै अधिकारीलाई स्थानीयले नियन्त्रणमा लिई बैदाम प्रहरीमा खबर गरिएको थियो ।

उनीहरुबीच नाता पर्ने र लेनदेनको विवाद हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Exit mobile version