‘प्रचण्डको स्वास्थ्य अवस्था स्थिर’ – मेडिसिटी

नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था स्थिर रहेको उनी भर्ना भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ ।

सामान्य निमोनियाको सङ्क्रमण देखिएपछि प्रचण्डलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

आइतबार दिउँसो अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो ।

उपचारमा प्रचण्डको स्वास्थ्यले सकारात्मक प्रतिक्रिया देखाइरहेको र चिकित्सकहरूको टोलीले निरन्तर निगरानी गरिरहेको अस्पतालले जनाएको छ ।

Exit mobile version