राप्रपा महामन्त्री धवल शमशेर राणाले पार्टी छाडेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगको लामो समयको विवादपछि महामन्त्री राणाले पार्टी छाडेका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै अब विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने भनेका छन्।
राणासँगै उनी समर्थक राप्रपाका नेता तथा कार्यकर्ताहरुले पार्टी छाडेर नयाँ अभियानमा लाग्ने राप्रपाका नेताहरुले बताएका छन् ।
राणाले आजै आफू समर्थक केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए । छलफलपछि उनले अपिल जारी गरेका हुन् । उनले जारी गरेको अपिलमा नयाँ अभियानमा सहभागी हुन आग्रह गरिएको छ ।
