पोखराको न्यूरोडमा मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार सिर्जन तिवारीको निधन भएको छ ।
आइतबार दिउँसो ग १८प ९८८१ नम्बरको भीआर मोटरसाइकलले ग १०प ८१४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १७ वर्षीय तिवारीको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
तिवारी पोखरा फुलबारी निवासी हुन् । टाउकोमा गम्भीर चोट लागेको तिवारीलाई तत्काल न्युरोडकै पद्मश्री हस्पिटल लगिएको थियो ।
त्यसपश्चात् मणिपाल शिक्षण अस्पताल लगिएका उनलाई त्यही मृत घोषणा गरिएको हो ।
