नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले विश्व प्रतिष्ठित च्याम्पियनसिप यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी’को पाँचौ सिजनमा प्रतिस्पर्धा गर्दैछन् ।
ब्यान्टमवेट श्रेणीमा प्रतिस्पर्धा गर्न लागेका ढाँटले क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनसँग बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।
किम्बर्टलाई ‘हन्टर’ भनेर चिनिन्छ भने ढाँट ‘बझाङी बाघ’का उपनामले चर्चित छन् ।
मकाउमा जारी यस छनोट प्रतियोगिताबाट हरेक तौल श्रेणीको विजेताले यूएफसीसँग पूर्ण सम्झौता गर्नेछन् ।
व्यावसायिक करिअरमा रविन्द्रले ९ जित र १ हारको सामना गरेका छन् भने किम्बर्टको ७ जित र ३ हारको नतिजा छ ।







