नेपाली फाइटर रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु युएफसी – ५’ मा विपक्षीलाई दोस्रो राउन्डमै पराजित गरेका छन् ।
चीनको मकाउमा भएको प्रतिस्पर्धाको मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी ढाँट ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा भिडेका उनले विपक्षीलाई नकआउट हानेका हुन् ।
फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनसँग भएको प्रतिस्पर्धामा ढाँटले दोस्रो राउन्डमै जित निकालेका हुन् । किम्बर्ट हन्टर उपनामले चिनिन्छन् ।
ढाँटलाई सहजै हराउन तयार रहेको र विदेशी मिडियाले पनि हन्टर हावी हुने समाचार प्र्शारण गरिरहेकाबेला ढाँटले उनलाई सहजै हराएका हुन् ।
फिलिपिनो प्रतिस्पर्धीसामु रवीन्द्र एकपक्षीय देखिएका थिए । पहिलो र दोस्रो दुवै राउन्डमा शक्तिशाली देखिएका उनी सजिलै विजयी भएका हुन् ।







