‘मे २८’ अर्थात् सांघाईको अक्टागनमा मर्डाेक भर्सेज बझाङ्गी बाघ

बझाङ्गी बाघ’ उपनामले परिचित नेपालका फाइटर रवीन्द्र ढाँट शुक्रबार चीनको सांघाईस्थित अक्टागन (रिङ)मा न्युजिल्यान्डका कासिब मर्डोकसँग भिड्दैछन् ।

‘रोड टु यूएफसी’मा भोली हुने भिडन्तमा ढाँटले जिते फाइनलको यात्रा तय गर्नेछन् । अक्टागनको यो भिडन्त सायद अहिलेसम्मकै सबैभन्दा कठिन प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

प्रो एमएमएमा यी दुवै ब्यान्टमवेट फाइटरको रेकर्ड उत्कृष्ट छ । ढाँटले १० खेल जितेर १ खेल हारेका छन् भने मर्डोकले अहिलेसम्म कुनै पनि खेल हारेका छैनन् ।

प्रतिष्ठित युएफसी सम्झौता पक्का गर्ने दौडमा रहेका यी दुईबीच अक्टागनभित्र हुने यो संघर्ष रोमाञ्चक रहने अपेक्षा गरिएको छ । अक्टागनबाहिर भने लडाइँ सुरु भइसकेको छ ।

मे २८ मा मकाउमा युनोसुके मिनामीलाई पराजित गरेलगत्तै मर्डोकले घोषणा गरेका थिए, ‘म नेपालका मिस्टर ढाँटसँग लड्दै छु । म यो लडाइँलाई लिएर वास्तवमै धेरै उत्साहित छु ।’

मर्डोक प्रतिस्पर्धीहरूलाई जिस्क्याउन माहिर छन् । तर, पछिल्ला महिनाहरूमा उनले ढाँटलाई लगातार जिस्क्याइरहेका छन् ।

गत ३ जुनमा मर्डोकले विगतमा आफूले भनेको कुरा सम्झिँदै सन् २०२४ मै आफूले चाङ्गु फाइट नाइटमा ढाँटलाई लड्न आग्रह गरेको बताएका थिए ।

‘म यो लडाइँ दुई वर्षदेखि चाहिरहेको थिएँ । अगस्ट २८ मा ३ राउन्डभित्रै उसलाई हराएर उसको सबै चर्चा खोसिदिएपछि माफी माग्छु । र, इन्स्टाग्राममा फलो ब्याकको अपेक्षा गर्दछु ।’

ढाँटले अहिलेसम्म मर्डोकको कुनै पनि कुराको व्यक्तिगत रूपमा जवाफ दिएका छैनन् ।

भीडन्त भोली अपरान्ह २:४५ मा सुरु हुनेछ ।

Scroll to Top