सुकुम्बासीद्वारा १५ बुँदे माग, पुरा नभए देशव्यापी आन्दोलन

नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले आफूहरूले अघि सारेका १५ बुँदे माग पुरा नभए आन्दोलन गर्ने भन्दै देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

उनीहरूले विकल्प दिएर मात्रै डोजर लगाउनुपर्ने, जोखिमयुक्त स्थानमा बसोबास गरिरहेकालाई जमिनसहित उचित व्यवस्था गर्नुपर्ने, नागरिकको संवैधानिक र मानवीय अधिकारको संरक्षण गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।

समितिका संयोजक खगेन्द्र पौडेलले लाखौँ भूमिहीन–सुकुम्वासी समुदायमाथि वैकल्पिक पुनर्स्थापना, उचित व्यवस्थापन बिना डोजर लगाइएकोले संघर्षमा उत्रिन बाध्य भएको बताए ।

उनले अहिले बसेकै स्थानमा जमिन दिन पनि सरकारको ध्यानाकर्षण गराए ।

वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्वासीहरूलाई विना विकल्प डोजर लगाउने आफूहरूको मानवअधिकारको हनन समेत भएको समितिले जनाएको छ ।

Exit mobile version