उद्योग वाणिज्य महासंघको नेतृत्वमा पोखरेली अञ्जन

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान भएको छ ।

सोमबार महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटनपछि मंगलबार मतदान भएको हो ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्छन् । सोही अनुसार अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् ।


महासंघको उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि हेमराज ढकाल र शिवप्रसाद घिमिरेका २ प्यानल चुनावी मैदानमा छन् ।

अध्यक्ष श्रेष्ठले आफ्नो आगामी तीन वर्षे कार्यकालमा निजी क्षेत्र र सरकारबीचको सम्बन्ध पुनः परिभाषित गर्ने वाचा गरेका छन् ।


महासंघको साधारणसभाका उनले सरकारले निजी क्षेत्रलाई साक्षी होइन, सहकार्यकर्ता मान्ने वातावरण बनाउन निरन्तर पहल गर्ने वाचा गरे ।

‘नीति निर्माणमा, बजेट निर्माणमा, ऐन–कानुन निर्माणमा र अन्तर्राष्ट्रिय वार्तामा निजी क्षेत्रको आवाज सुनिने र प्रतिविम्बित हुने प्रणाली विकास गर्ने छु,’ उनले भने ।

Scroll to Top