पोखरा – १३ को ‘साहित्य पर्व’मा पल्पसा क्याफेदेखि कन्दरा ब्यान्डसम्मलाई सुन्न पाइने

‘जब शब्दहरु जीवनका रंग बन्छन् …’ भन्ने नारासहित पोखरा महानगरपालिका वडा नम्बर १३ ले दोस्रो साहित्य पर्वको आयोजना गर्ने भएको छ ।

पहिलो संस्करणले सफलता पाएपछि यसपटक यस पर्वले पोखरेलीर्ला झनै बढी आकर्षित गर्ने भएको छ । पर्वको दोस्रो संस्करणमा पल्पसा क्याफेका लेखक एवं पत्रकार नारायण वाग्ले प्रमुख आकर्षण रहनेछन् ।

त्यस्तै, कार्टूनिष्ट दुर्गा बराल वात्सायन, सहित्यकार सरस्वती प्रतीक्षा, प्राध्यापक डा कपिल अधिकारी, व्यवसायी नारयण पौडेल र समेजराज भण्डारी एवं कन्दरा ब्याण्डका विवेक श्रेष्ठ साहित्य पर्वका प्रमुख वक्ता रहनेछन् ।

साहित्य, संगीत र सृजनाको प्रवद्र्धन गर्ने उद्देश्यले पर्वको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

आगामी शनिबार वडा परिसरमा हुने पर्वमा सहभागी हुन वडाध्यक्ष किरण बरालले सम्पूर्णमा अनुरोध गरेका छन् ।

पर्व बिहान १० बजेदेखि सुरु हुनेछ ।

Scroll to Top