हालै प्रतिनिधि सभा निर्वाचनमा कास्की २ बाट पराजित नेपाली कांग्रेसका नेता माधवप्रसाद बास्तोलाले स्थानीय तह पूनःसंरचनाको खाका सार्वजनिक गरेका छन् ।
यद्यपि, उनले पेश गरेको खाकालाई व्यक्तिगत सुझावकारुपमा लिइदिन आग्रह गरेका छन् ।
प्रस्तावित स्थानीय निकायहरूको विवरण:
१. पोखरा महानगरपालिका (प्रस्तावित)
साविक वडा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, साविक वडा १३, १४ क, १४ ख, १५ क, १५ ख, १७ क र १६ ख र २०
२. लेखनाथ न.पा. (प्रस्तावित वडा)
साविक वडा २६, २७, २८, २९, ३०, ३१, ३२ (पुरानो लेखनाथ भरतपोखरी बाहेकका अरु साविक वडा बनाउने)
३. भरतपोखरी न.पा. (प्रस्तावित)
साविक भरतपोखरी गा.वि.स., निर्मलपोखरी गा.वि.स. र कृस्ती गा.वि.स.
४. हेम्जा न.पा. (प्रस्तावित)
पोखराको हालको १९, १६ र २५ नं. वडा मिलाएर बनाउने
५. रुपा गाउँपालिकाः
यथावत राख्ने
६. मादी गाउँपालिका (प्रस्तावित)
हालको वडा नं. १, २, ३, ४, ५, ६, ७ वडा मात्र कायम गर्ने
७. मादी गाउँपालिका (प्रस्तावित)
हालको वडा नं. ८, ९, १०, ११, १२
८. अन्नपूर्ण गाउँपालिका (प्रस्तावित)
साविक घान्दु्रक, दाङसिङ, लुम्ले, सल्यान गा.वि.स.
९. कास्की गाउँपालिका (प्रस्तावित)
साविक ढिकुरपोखरी, कास्कीकोट, सराङ्कोट
१०. सहिद हरिप्रसाद गाउँपालिका (प्रस्तावित)
साविक धिताल, धम्पुस, ल्वाङ, घलेल, रिभान
११. माछापुच्छ्रे गाउँपालिका (प्रस्तावित)
साविक लाहाचोक, घाचोक, माछापुच्छ्रे, सार्दिखोला गा.वि.स.
१२. चापाकोट÷पुम्दी गा.पा. (प्रस्तावित)
साविक चापाकोट, पुम्दी र भदौरे तामागी गा.वि.स.
१३. कालिका गाउँपालिका (प्रस्तावित)
साविक मौजा, सिल्दजुरे, कालिका र अर्वा गा.वि.स.







