काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
अस्पताल स्रोतका अनुसार मोहनप्रसाद ओलीको काठमाडौंको गठ्ठाघरस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । केही समययता उनी अस्वस्थ रहेका थिए । स्वर्गीय ओलीको पार्थिव शरीरलाई भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी गरिएको छ ।
आजै पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन् ।
