पोखरा । बागलुङका दुबै निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन् । यस जिल्लामा निर्वाचन क्षेत्र १ बाट सुशील खड्का २० हजार ९२७ मत ल्याएर निर्वाचित भए । नेपाली काँग्रेसका उम्मेदवार भिम बहादुर श्रीस रानाले ११ हजार ९४४ मत प्राप्त गरेका थिए ।
यस्तै जिल्लाको क्षेत्र न २ बाट रास्वपाका सोम शर्माले १२ हजार ६४७ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दी काँग्रेसका टेक राज पौडेलले ११ हजार ८६८ मत ल्याएका छन् ।
यता एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा समेत रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् । रास्वपाबाट सागर भुसालले २६ हजार ५६१ मत ल्याउँदै
निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्दी अर्जुन प्रसाद जोशीले १५ हजार ९५४ मत प्राप्त गरे ।
