पोखरा । कास्की क्षेत्र नम्बर–१ को मतगणना जारी छ । हालसम्म वडा नम्बर ३१ र ३२ बाहेक अन्य वडाका मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेल (घण्टी) अग्रस्थानमा रहेका छन् ।
पछिल्लो मत परिणाम यस्तो छः
गणेश पौडेल (रास्वपा – घण्टी): ३३,९६८
तिलक रानाभाट (नेपाली कांग्रेस – रुख): ९,८२८
वैन वहादुर क्षेत्री (नेकपा एमाले – सूर्य) : ९,२२७
राजकाजी गुरुड (नेपाल कम्युनिस्ट पार्टी – तारा): २,१००
हाल वडा नम्बर ३१ र ३२ को मत गणना अझै बाँकी छ । यसबाट रास्वपाको अग्रता कायम रहँदै मुख्य दलहरू पछि परेको अवस्था स्पष्ट देखिएको छ ।
निर्वाचन अधिकृतले मतगणना अझै जारी रहेको र अन्तिम नतिजा सार्वजनिक हुन बाँकी रहेको जानकारी दिएका छन्।
