पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ अन्तरगत आज (बिहीबार) पोखरा–९ नयाँबजारमा नेपाली काँग्रेस कास्कीको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
उक्त सम्पर्क कार्यालयको आज नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र नेपाली काँग्रेसका तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) ले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । कास्की निर्वाचन क्षेत्र नं २ अन्तरगत नेपाली काँग्रेसले यस अघि वडा नं ८, वडा नं ४ र वडा नं २१ मा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।
सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाली काँग्रेस देशकै अभिभावक पार्टी भएकाले देश भित्रका हरेक समस्यालाई मर्यादित रुपमा समाधान गर्ने बताए ।
नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ का तर्फबाट उम्मेदवार माधवप्रसाद बाँस्तोलाले नेपाली काँग्रेसले देशलाई कमजोर हुनबाट बचाउने भएकै कारण काँग्रेसलाई विश्वास गर्न आम मतदातासँग आग्रह गरे ।
सो अवसरमा काँग्रेस नेता मुना बास्तोला, सूर्यभक्त सिग्देल, महेश सिग्देल लगायतले आफ्नो भनाइ राखेका थिए । त्यसैगरी उम्मेदवार वास्तोलाले आजै पोखरा–९ को नयाँबजार, शान्तिवन र पोखरा–३३ को भरतपोखरीमा मतदातासँग सुझाव संकलन गर्दै मत मागेको थिए ।
