पोखरा । पोखराको छोरेपाटन मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ। समूह ‘सी’मा कुमुदिनी होम्सलाई ४८ रन र टप्स माविलाई ३४ रनले हराउँदै छोरेपाटनले अन्तिम चारमा स्थान सुरक्षित गर्यो। टप्सविरुद्ध किशोर थापाले ५ विकेट लिँदै प्लेयर अफ द म्याच बने ।
समूह ‘डी’बाट बाल मन्दिर मावि यसअघि नै सेमीफाइनल पुगिसकेको छ भने बुधबार डायमण्डले ग्लोबल कलेजियटलाई २ रनले हराउँदै सान्त्वना जित हात पार्यो ।
प्रतियोगिताअन्तर्गत भोलि (बिहीबार) दुई खेल हुनेछ्न । पहिलो खेलमा गुरुकुल विरुद्ध जनप्रिय मावि र दोस्रो खेलमा आयोजक प्रतिभा मावि विरुद्ध नेपाल–भारत मैत्री विद्यालय प्रतिस्पर्धामा उत्रिनेछन् ।
