जेन-जी आन्दोलनलाई कांग्रेस महाधिवेशनद्वारा ‘विद्रोेह’को मान्यता

तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा (एमाले)ले जेनजी पुस्ताका युवाहरूले गत भदौ २३ र २४ गते गरेको आन्दोलनलाई देशी विदेशी षडयन्त्र भनेकोमा कांग्रेसले भने त्यसलाई विद्रोहको रूपमा आधिकारिक परिभाषित गरेको छ ।

कांग्रेसको चालु दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगन थापाद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा भदौ २३ र २४ नवयुवाको आह्वानमा विद्रोह भएको उल्लेख गरिएको छ ।

‘एउटै र बारम्बार असफल पुष्टि भइसकेको नेतृत्वको निरन्तरता, सार्वजनिक संस्थाहरूको विश्वसनीयताको क्षयीकरण, कुशासन र भ्रष्टाचारजस्ता विकृति र विसंगतिविरुद्ध जनताको विस्फोटको रूपमा थियो त्यो विद्रोह’ प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जेन-जी विद्रोहको मर्म परिवर्तन भएको भन्दै जेन-जी विद्रोहको सन्देश ग्रहण गर्दै विशेष महाधिवशेनबाट भविष्यको यात्रा तय गर्नुपर्ने थापाद्वारा प्रस्तावित राजनीतिक प्रस्तावमा उल्लेख छ ।

Exit mobile version