आवासीय विद्यालयको अभिभावक अभिमुखिकरण कार्यक्रम

पोखरा । हेम्जा आवासीय विद्यालय पोखरा–२५ हेमजाको आयोजनामा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

माइन्ड टेक पोखराको सहकार्यमा भएको उक्त कार्यक्रममा विद्यालयका कक्षा नसर्री देखि कक्षा १० सम्मका अभिभावकको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहजकर्ता भक्तराज रासाईलीले शिक्षा र संस्कारले विद्यार्थीलाई हरेक क्षेत्रमा पूर्ण बनाउने बताए ।

‘असल संगत, सकारात्मक बातवरण तथा विद्यालय र अभिभावक बिच सहकार्य गर्न सकेमा विद्यार्थीलाई असल बनाउन सकिन्छ’ उनले भने, ‘यी बातवरण सिर्जनका गर्ने काम विद्यालय शिक्षक र अभिभावकले गर्नुपर्दछ ।’

 विद्यार्थीहरुको पठन पाठन, दैनिकी क्रियाकलाप लगायत शैक्षिक, नैतिक, व्यवहारिक तथा मानसिक विकासलाई अझ प्रभावकारी बनाउन तथा अभिभावक र विद्यालय बिचतको सहकार्य सुदृढ बनाउने उद्देश्यले अभिभावक अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल केशब शरण पौडेलले जानकारी दिए ।

अभिमुखिकरण कार्यक्रममा आफू सिकेर बच्चालाई सिकाउन सकिने भएकाले यो कार्यक्रम सिक्ने र व्यवहारमा उतार्न सहज हुने सहभागी अभिभावकहरुले बताए । 

कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाशचन्द्र सापकोटाको अध्यक्षतामा भएको थियो । 

Exit mobile version