उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन् । शुक्रबार अदालतले प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेको बताइएको छ ।
अधिवक्ता दिनेश लामिछानेका अनुसार आत्महत्याको प्रयास गरेकी युवतीलाई उच्च अदालत पाटन, ललितपुरबाट प्रहरीले उद्धार गरेको छ ।
युवतीको अहिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइराखेको जनाइएको छ ।
