बुटवल उच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई जमानतमा रिहा गर्न आदेश दिएको छ। बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
रविका अधिवक्त्ता कानुनी सल्लाहकार डा. नारायणदत्त कंडेलकाअनुसार अदालतको आदेश आधारमा अब रवि लामिछाने कारागारमुक्त हुन भने केही प्रक्रिया पुरा हुनुपर्छ ।
अधिवक्ता कंडेलकाअनुसार अब उच्च अदालतको आदेश जिल्ला अदालत रूपन्देही पठाउनुपर्छ । उक्त आदेश जिल्ला अदालतले नख्खु कारागार पठाउनु पर्छ ।
त्यसपछि नख्खुु कारागारले लामिछानेलाई रूपन्देही जिल्ला अदालतमा पेश गर्ने र त्यसपछि लामिछानेले रिहाइ हुनेछन् । दोहोरो तेहरो प्रक्रियाका कारण लामिछाने आज रिहा हुने सम्भावना कम रहेको कँडेल बताउँछन् ।
अदालतले रविसँगै अर्का प्रतिवादी छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । छविको हकमा धरौटी राखेर रिहाई हुन पाउँ भन्ने निवेदन अदालतमा पेश भएको खण्डमा उनलाई रिहा गर्न आदेश दिएको उच्च अदालतले जनाएको छ ।
