पर्वत कारागार प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला कारागार पर्वतका कार्यालय प्रमुखसहित ५ जनाविरूद्ध विहीबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

कारागार कार्यालय प्रमुख शिला श्रेष्ठ, बोलपत्र मूल्यांकन समितिका सदस्यहरू सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङका इन्जिनियर विकास अधिकारी, कारागारका नायब सुब्बा हरिकृष्ण शर्मा, कोष तथा लेखा नियन्त्रण कार्यालय, पर्वतका सहलेखापाल सुभास घर्ती, मोदीकाली कन्स्ट्रक्सन मोदी–६ पर्वतका प्रोप्राइटर प्रदिप तिमिल्सिनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनीहरूले कार्यालयको भान्साघर ब्लक निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा भ्रष्टाचार गरेको अख्तियारको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जनाएका छन् । अधिकारीका अनुसार २१ लाख ५५ हजार ७३५ रूपैयाँ हानी–नोक्सानी पु¥याएकाले जनही त्यति नै रकम बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरिएको हो ।

कारागार कार्यालय पर्वतका प्रमुख, इन्जिनियर र निर्माण व्यवसायी समेतको मिलेमतोमा आर्थिक वर्ष २०७८/०७९ मा कारागारको भान्साघर ब्लक निर्माणको लागि निकासा भएको रकम अनियमितता गरेको अख्तियारमा उजुरी परेको थियो । भान्साघर निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा लागत अनुमान। ६३ लाख ७२ हजार ३९४ रुपैयाँ स्वीकृत गरिएको थियो ।

स्वीकृत लागत अनुमानकै आधारमा बोलपत्र सम्बन्धी सूचना प्रकाशित गरिएकोमा बोलपत्र मूल्याङ्कन समितिबाट बोलपत्र मूल्याङ्कन गरी प्रथम न्यून मूल्याङ्कित बोलपत्र पेस गर्ने सौर्य किरण कन्स्ट्रक्सनको कबोल अंक कार्यालयको स्वीकृत लागत अनुमान भन्दा समग्रमा ३३.८३ प्रतिशत कम ४२ लाख १६ हजार ६ सय ५८ रुपैयाँ रहेकोमा यसलाई गलत रूपमा व्याख्या गरी फ्रन्टरव्याक लोडिङ गरेको भनी स्पष्टीकरण सोधी बिना आधार कारण पेस गरेको स्पष्टीकरण सन्तोषजनक नभएको भनी असफल गरेको अख्तियारको आरोपपत्रमा छ ।

Exit mobile version