एमाले महाधिवेशनः अध्यक्षमा ओली, महासचिवमा पोखरेलको अग्रता

एमालेको ११औँ महाधिवेशनको मतगणना अद्यावधिक विवरणअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै रहेको देखिएको छ ।

पछिल्लो अद्यावधिक मतगणनाअनुसार अध्यक्षमा केपी ओलीले ८४३ मत ल्याएका छन् भने प्रतिस्पर्धी इश्वर पोखरेलले २९६ मत ल्याएका छन् ।

त्यस्तै, मतगणनाको हालसम्मको विवरणअनुसार महासचिवमा हालसम्म शंकर पोखरेलले ६१३ मत पाएका छन् भने सुरेन्द्र पाण्डेले ५२६ मतका साथ पछ्याइरहेका छन् ।

Exit mobile version