एमाले महाधिवेशनः गण्डकीका दुबै पूर्वमुख्यमन्त्रीको जीत, ओलीभन्दा गुरुङको मत धेरै

हालै सम्पन्न नेकपा एमालेको ११ औं महाधिवेशनबाट गण्डकी प्रदेशका २ पूर्वमुख्यमन्त्रीले जीत हात पारेका छन् ।

महाधिवेशनमा केपी ओली घटकमा रहेका पृथ्वी सुब्बा गुरुङ उपाध्यक्षमा विजयी भएका छन् भने अर्का पूर्वमुख्यमन्त्री खगराज अधिकारी सचिवमा विजयी भए ।

उपाध्यक्षमा विजयी गुरुङले पार्टी अध्यक्षमा जितेका केपी शर्मा ओलीले भन्दा बढी मत ल्याएका छन् । अध्यक्ष ओलीले १६६३ मत ल्याउँदा उपाध्यक्ष गुरुङले १७३७ मत ल्याएर अग्रस्थानमा रहे ।

यता, सचिवमा विजयी अधिकारी भने १३३१ मत ल्याउँदै जीतको छैठौं स्थानमा रहेका छन् ।

उपाध्यक्षका ११ मध्ये ५ जना निर्वाचित भएका छन् भने सचिवका २० मध्ये ९ जनाले जीत हात पारेका छन् ।

यस महाधिवेशनमा गोकुलप्रसाद बाँस्कोटा, ठाकुरप्रसाद गैह्रे, लालबाबु पण्डित, कृष्णगोपाल श्रेष्ठजस्ता नेता सचिवमा पराजित भएका छन् ।

सचिव पदमा निर्वाचित सबै ९ जना ओली प्यानलका रहेका छन् ।

यस्तो छ मत परिणामः

अध्यक्ष (१ जना निर्वाचित)

जित
१. केपी शर्मा ओली-१६६३

हार
२. ईश्वर पोखरेल-५६४

उपाध्यक्ष (५ जना निर्वाचित)

जित (मतको उच्च क्रमअनुसार)
१. पृथ्वी सुब्बा गुरुङ-१७३७
२. विष्णुप्रसाद पौडेल-१६७५
३. रामबहादुर थापा ‘बादल’-१५१६
४. गोकर्णराज विष्ट-१३६८
५. रघुजी पन्त-१२५८

हार
६. गुरु प्रसाद बराल-११३७
७. विन्दा पाण्डे-९२१
८. पर्शुराम मेघी गुरुङ-४६१
९. अरुण नेपाल-४३९
१०. टंक प्रसाद कार्की-३५८
११. भीमप्रसाद आचार्य-२६५

महासचिव (१ जना निर्वाचित)

जित
१. शंकर पोख्रेल-१२२८

हार
२. सुरेन्द्र प्रसाद पाण्डे-९९९

उपमहासचिव (३ जना निर्वाचित)

जित (उच्च मतक्रम)
१. लेखराज भट्ट-१४५२
२. रघुवीर महासेठ-१३६८
३. योगेश भट्टराई-१३४८

हार
४. विष्णुप्रसाद रिमाल-१०९१
५. आनन्द प्रसाद पोख्रेल-६३५
६. वैजनाथ चौधरी-५१७
७. राजेन्द्रप्रसाद गौतम-२७०

सचिव (९ जना निर्वाचित)

जित (मतको क्रमअनुसार)
१. महेश बस्नेत-१५४४
२. पद्मा कुमारी अर्याल-१५३०
३. शेरधन राई-१५३०
४. छविलाल विश्वकर्मा-१५०६
५. हिक्मत कुमार कार्की-१३३७
६. खगराज अधिकारी-१३३१
७. यामलाल कँडेल-११८५
८. राजन भट्टराई-११८१
९. भानुभक्त ढकाल-११०८

हार
१०. गोकुल प्रसाद बास्कोटा-१०३०
११. ठाकुर प्रसाद गैरे-८८३
१२. रचना खड्का-८७७
१३. कर्णबहादुर थापा-८४७
१४. विनोदप्रसाद ढकाल-६८४
१५. कृष्ण गोपाल श्रेष्ठ-६२५
१६. अग्निप्रसाद खरेल-५१६
१७. लालबाबु पण्डित-४९६
१८. पेम्बा लामा-४९३
१९. पुरुषोतम पौडेल-४६२
२०. इन्द्रलाल साप्कोटा-४०५

Exit mobile version