फराकिलो जितसँगै अब एमालेको राजनीतिक यात्रामा सुनिता

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय सदस्यमा विजयी भएकी छन् ।

भूगोल राजधानी विशेषबाट उम्मेदार बनेकी उनले ४० वर्ष मुनिकाको भिडन्त भएको उक्त क्लस्टरका अन्य दुई उम्मेदवार ईन्जिनियर राजन थापा र सन्तोष खड्कालाई फराकिलो मतले हराइन् ।

सुनिताले १६६८ मत पाउँदा थापाले २२९ र खड्काले ३३० मात्रै मत ल्याए । यससँगै सुनिताले एमालेको राजनीतिमा औपचारिक यात्रा थालेकी छन् ।

स्थानीय निर्वाचनमा स्वतन्त्रको हैसियतमा उपप्रमुखमा निर्वाचन लड्ने हिम्मत गरेकी डंगोललाई एमालेले पार्टीबाट लड्न दिएको थियो ।

त्यसपश्चात् एमालेकै सैद्धान्तिक समर्थनमा रहेकी डंगोलले महाधिवेशनमा प्रतिस्पर्धा गरेरै पार्टीको जिम्मेवार तहमा पुगेकी हुन् ।

Exit mobile version