पोखरा महानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा नगरका ज्येष्ठ नागरिकहरूलाई ‘महानगर माता तथा पिता’ को उपाधिबाट सम्मान गरेको छ।
हरेक वर्ष नगरभित्रका सबैभन्दा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने परम्परा अनुसार यस वर्ष निम्न व्यक्तित्वहरू सम्मानित भएका छन्:
- महानगर माता: पोखरा–२८ निवासी १०७ वर्षीया झ्याउरीमाया तिमिल्सिना।
- महानगर पिता: पोखरा–३२ निवासी १०४ वर्षीय काशीनाथ पण्डित।
