भेटिए सबिन, आमाको जिम्मा लगाइयो

सामुदायिक सेवा केन्द्र, पृथ्वीचोक, पोखराले आज बिहान ११ बजे ६ वर्षीय बालक सबिन गुरुङलाई फेला पारी आमा उतमायालाई जिम्मा लगाएको छ ।

सबिनलाई प्रहरीले सेती नदी किनारमा बेवारिसे अवस्थामा भेटेको थियो । त्यसपश्चात् स्थानीयको सहयोगमा आफन्त खोज्ने क्रममा नयाँबजारमा डेरा गरी बस्ने उतमायासँग सम्पर्क भएको थियो ।

सामुदायिक प्रहरीले स्थानीयको रोहबरमा सबिनलाई आमाको जिम्मा लगाएको हो ।

Exit mobile version