चुनावमा नउठेकी विद्या भन्छिन्ः -‘मैले धेरै अवसर पाइसके अब अध्ययन, अनुसन्धानमा लाग्छु’

नेकपा एमालेकी नेतृ विद्या भट्टराईले यसपटकको महाधिवेशनमा कुनैपनि पदमा उम्मेदवारी दिएकी छैनन् ।

‘उम्मेदवारी किन नदिएको ?’ भन्ने प्रश्नमा विद्याले पार्टीबाट धेरै अवसर पाएको र अब अन्य साथीलाई अघि बढ्न प्रोत्साहित गरेको बताएकी छिन् ।

‘म २ पटक सांसद, केन्द्रीय सदस्य र मन्त्रीसमेत भइसकेकी छु’ विद्याले भनिन् ‘पटक-पटक एउटै मान्छे दोहोरिन हुन्न भनेर मैले उम्मेदवारी नदिएकी हुँ ।’

आफु अध्ययन, अनुसन्धानमा लाग्ने र बाहिरैबाट पार्टीलाई सघाउने बताउँदै उनले एमफील सकेको र अब पीएचडीको योजना रहेको जनाइन् ।

योगदान र जिम्मेवारी पुरा गरेपछि सबैले अन्यलाई ठाउँ खुल्ला गर्नुपर्ने उनको धारणा छ ।

हाल जेन-जी आन्दोलनले दिएको सन्देशलाई एमालेले पनि सम्बोधन गर्न जरुरी रहेको बताउँदै उनले महाधिवेशनको चुनावी प्रक्रियामा रहेका सम्पूर्णमा शुभकामनासमेत व्यक्त गरेकी छिन् ।

Exit mobile version