पोखरा । पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजना अन्तरगत अन्तिम पुरस्कार विजेताहरु छनोट गरेको छ ।
बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको गेट अगाडि एक कार्यक्रमको आयोजना गरी पुरस्कार विजेताहरू छनोट गरीएको हो । लक्की ड्र मार्फत् २० हजारको सपिङ भौचर बिजेता टिकट नम्वरहरूमा ७१९४८,३८४६५,८६९८७,२७१२७,६८३०७ रहेका छन् ।
त्यसै गरि मंसिर महिनाको मासिक विशेष उपहार अन्तर्गत ५ हजारको सपिङ भौचर बिजेता टिकट नम्बरहरूमा ५२७०६,५३६६६,५७०६०,६३६२३ रहेका छन् ।
उपहार कार्यक्रममा एशोसिएसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले ग्राहकहरूलाई बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन भित्रका पसलबाट ५ सय माथिको खरिदमा सपिङ भौचर उपलब्ध गराईएको बताए ।
कार्यक्रममा अध्यक्ष बुद्धि वहादुर कुँवर,संस्थाका सल्लाहकार माधव प्रसाद सिग्देल,संस्थाका सचिव शान्ति श्रेष्ठ लयायतले बोलेका थिए ।
कार्यक्रमममा एशोसियसन सदस्यहरू मध्य सवैभन्दा धेरै उपहार कुपन बिक्री गर्ने व्यवसायीहरू डिजाएर कलेक्सनका सन्जय श्रेष्ठ लुंगी हाउसका लाल सिंह राना मगरलाई सम्मान गरिएको थियो ।
२ सय ४० सटर रहेको बुद्ध विशाल बजारमा १ सय ९१ सदस्य रहेका छन् ।
फेन्सी, कष्मेटिक, इलेक्ट्रोनिक्स, मोबाइल लगागतका सामान खरिद र बिक्री हुने गरेको बुद्ध विशाल बजारमा ३५ सय देखि ४ हजारलाई प्रत्यक्ष रोजगारी मिलेको छ ।
