एनपीएल-२ः पोखराको पहिलो जित, जनकपुरको निरन्तर हार

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा सुमीत वर्मा र बलिङमा विपीन खत्री चम्कदाँ पोखरा एभेन्जर्सले पहिलो जित हात परेको छ ।

योसँगै पोखराको जितविहीन यात्रामा ब्रेक लागेको छ । पोखराले यसअघिका दुवै खेलमा सुदूरपश्चिम रोयल्यस र विराटनगर किङ्ससँग हारेको थियो ।

साबिक विजेतासमेत रहेको जनकपुरको भने जितविहीन यात्राले निरन्तरता पाएको छ । यो टिमले यसअघिका दुवै खेलमा विराटनगर बोल्ट्स र काठमाडौं गुर्खाजसँग हारेको थियो ।

बिहीबारको दोस्रो र सिजनको १४ औं खेलमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पोखराले पहिला ब्याटिङ रोजेको थियो ।

ब्याटिङमा सुमीत वर्मा चम्कदाँ पोखराले जनकपुरलाई १६५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।

Exit mobile version