नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सले साबिक विजेता जनकपुर बोल्टसलाई ९ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन बनाएको हो ।
यो विराटनगरको तीन खेलमा लगातार तेस्रो जित हो । विराटनगरले यसअघि काठमाडौं गुर्खाज र पोखरा एजेन्जर्सलाई पराजित गरेको थियो ।
साबिक विजेता जनकपुरले दोस्रो खेलसम्म आइपुग्दा जित हात पार्न सकेको छैन । यसअघि यो टिमले काठमाडौंसँग हारेको थियो ।
आजको जितपछि विराटनगर अंक तालिकामा ६ अंकसहित शीर्षमा रहेको छ भने जनकपुरको अंक शून्य छ । दुई खेल नै खेलेको पोखरा पनि अंकविहीन छ भने रनरेटको आधारमा सबैभन्दा तल छ ।
