नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजसँग पोखरा एभेन्जर्स १३ रनले हारेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १५२ रनमा सीमित बनेको हो ।
योसँगै काठमाडौंले समूह चरणका ७ खेलमा ५ जित निकाल्दै प्लेअफमा स्थान बनाएको छ । यो टिम १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समूह चरणका खेल पूरा गर्ने क्रममा यो टिमले २ हार र ५ जित निकालेको छ ।
यसअघिका ६ खेलमा काठमाडौंले विराटनगर बोल्ट्स र सुदूरपश्चिम रोयल्ससँग हारेको थियो । चार टिम कर्णाली याक्स, चितवन राइनोज, लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सलाई जितेको थियो ।
