प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४८ वटा सामाजिक सञ्जाल खातालाई कारबाही गरेको छ ।
फेसबुक तथा युट्युबका ती खाताहरुले अश्लील, उत्तेजक सामग्रीहरु प्रेषित गरिहेको काउन्सिलको विशेष अनुगमनबाट पत्ता लागेपछि कारबाही गरिएको हो ।
गलत, अफवाहपूर्ण, गालीगलौजयुक्त, राष्ट्रियता र स्वाधिनताविरुद्ध सामाजिक सद्भाव खलल पार्ने, हिंसालाई बढावा दिने, उत्तेजक किसिमबाट अतिरञ्जित शीर्षक एवं थम्बनेल बनाई जनमानसमा भ्रम र त्राश फैलाउनु प्रचलित कानुन एवं पत्रकार आचारसंहिताविपरीत कार्य भएको काउन्सिलले जनाएको छ ।
अनुगमनको क्रममा मिडियाअन्तर्गत आबद्ध र मिडियाकै झल्को दिने गरी सञ्चालित सामाजिक सञ्जाल (युट्युब च्यानल-फेसबुक पेज)बाट यस्तो कार्य भइरहेको देखिएको थियो ।
ती खाताबाट सप्प्रेषित सामग्री प्रथम दृष्टिमै आचारसंहिता प्रतिकूल देखिएकोले कारबाही प्रक्रिया सुरु गरिएको हो ।
मिडियाअन्तर्गत आवद्ध भएका २५ वटालाई आचारसंहिता प्रतिकूल सामग्री सम्पादनरस्थगन गरी काउन्सिलाई जानकारी गराउन भनिएको छ । अब उप्रान्त त्यस्ता सामग्री सम्प्रेषण नगर्नरनगराउन निर्देशन एवं सचेत गराइएको छ ।
त्यसैगरी मिडियाकै झल्को दिने तर दर्ता-अभिलेख नभएका पत्रकारिताकै बदनाम गर्ने गरी सञ्चालित १० वटालाई त्यस्ता सामग्री स्थगन गर्न र नियमानुसार दर्तारअभिलेख गरी सही सामग्री सम्प्रेषण गर्नरगराउन निर्देशन एवं सचेत गराइएको छ ।
कुनै सम्पर्क ठेगाना नभएका १३ वटालाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार भएको काउन्सिलले जनाएको छ ।
