हङकङ : आगलागी हुदाँ ४४ जनाको मृत्यु,२७९ जनाको अवस्था अज्ञात

एजेन्सी। हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ । २७९ जनाको अवस्था अज्ञात छ ।

स्थानीय समयअनुसार बुधवार २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा आगलागी भएको थियो ।

बीबीसीका अनुसार आगलागीमा परी ४४ जनाको मृत्यु भएको छ भने ४५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

हङकङको अग्निशमन सेवा विभागले आगलागीलाई ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको छ ।

सबैभन्दा गम्भीर श्रेणी मानिने ‘लेवल–फाइभ’ आगलागी हङकङमा १७ वर्षपछि भएको बताइएको छ ।

Exit mobile version