‘औषधी प्रयोगशालाको पूर्वाधार विकासमा सहयोग गर्छाैं’ – जापानी राजदूत

नेपालका लागि जापानी राजदूत माएदा तोरुले राष्ट्रिय औषधी प्रयोगशालाको परीक्षणको क्षमता बढाउन आवश्यक पर्ने पूर्वाधार विकासमा जापान सरकारले सहयोग गर्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमसँगको भेटमा राजदूत तोरुले पूर्वाधार विकाससँगै प्रवासमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य प्रवर्द्धन, परीक्षण तथा उपचारमा समेत जापान सरकारले सहयोग गर्ने उनले बताएका छन् ।

भेटमा भूकम्प, कोभिड-१९ जस्ता विपद्को समयमा जापानले गरेको गरेको अमूल्य सहयोग, कान्ति बाल अस्पताल, बीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जस्ता अस्पतालहरुको भौतिक संरचनाको निर्माणमा गरेको योगदानको चर्चा गरिएको थियो ।

‘हालसम्म नेपालको स्वास्थ्य क्षेत्रमा गरिँदै आएको सहयोगप्रति जापान सरकार, जापानी जनतालाई धन्यवाद व्यक्त गर्दछु’ मन्त्री गौतमले भनेकी छिन् ।

भेटका क्रममा, दुई देशबीचको स्वास्थ्य क्षेत्रमा रहेको द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने बनाउने सम्वन्धमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री शर्माले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा कार्यक्रममा जापान सरकाको सहयोगको अपेक्षा गरेकी छिन् ।

Exit mobile version