जिल्ला प्रशासनलाई स्वास्थ्य मन्त्रालयको पत्रः -‘जेनजी प्रदर्शनका घाइतेको वर्गीकरण गरी विवरण पठाउनु’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ स्वीकृत गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार यो कार्यविधि कात्तिक २४ गते स्वीकृत भएको हो।

घाइतेहरूको वर्गीकरण कार्यलाई सहज बनाउन प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी ५ सदस्यीय जिल्ला स्तरीय वर्गीकरण तथा सहजीकरण समितिको प्रावधान राखिएको छ।

गृह मन्त्रालयले कात्तिक २५ गते सबै जिल्ला प्रशासन कार्यालयहरूलाई घाइतेहरूको वर्गीकरण कार्य यथाशीघ्र सम्पन्न गरी स्वास्थ्य मन्त्रालयमा रहेको प्राविधिक समितिमा घाइतेहरूको वर्गीकरण सहितको विवरण पठाउन परिपत्र गरिसकेको छ।

विज्ञप्तिमा कार्यविधि अनुसार यस कार्य समयमै सम्पन्न गर्न जिल्लास्थित अस्पतालका अस्पताल प्रमुख, विशेषज्ञ चिकित्सकहरू तथा स्वास्थ्य कार्यालय प्रमुखहरूबाट आवश्यक सहयोग र समन्वय गर्न आह्वान गरिएको छ।

Exit mobile version