भैरवीदलको सहयकार्यमा मनाङ्गबाट १५ सय पदयात्रीको उद्धार

नेपाली सेनाले स्थानिय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानियहरुको सहकार्यमा मनाङका विभिन्न पर्यटकीयस्थलबाट पर्यटकहरुको उद्धार गरेको जनाएको छ ।

मनाङ्गस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले अन्य निकायसँगको सहयोगमा उनीहरुलाई सुरक्षित स्थानसम्म पुग्न सहयोग गरेको हो ।

उद्धार गरिएकामध्ये २०० भन्दा बढी बिदेशी पर्यटक सहित करिब १५०० जना रहेका छन् ।

मनाङ्ग जिल्लाको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकाहरुमा कात्तिक १० गतेदेखि भएको भारी हिमपातको कारण विभिन्न स्थानमा पर्यटकहरु फँसेका छन् ।

Exit mobile version