पेचिलो बन्दै मणिपालको आन्दोलनः अस्पतालले निकाल्यो नर्सको विज्ञापन, उता नर्सिङ एशोसियसन पुग्यो मन्त्रालय

पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरुले तलब बृद्धिको माग राख्दै सुरु गरेको आन्दोलनमा दुबै पक्ष पछि हट्न नचाहेपछि समस्या झनै पेचिलो बनेको छ ।

अस्पताल प्रशासनले आन्दोलनका कारण स्वास्थ्य सेवा रोकिँदा नर्सहरुले कानून विपरित कार्य गरेको जनाइँरहँदा हिजो नर्स आवश्यकताको विज्ञापन प्रकाशित गरेको छ ।

नर्समाथि दबाब बढाएको र विज्ञापन खोलेको भन्दै नर्सिङ एशोसियन नेपालले आज स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै नर्सहरुको माग तत्काल पुरा गर्नुपर्ने बताएको छ ।

एशोसियसनले आज मन्त्रालयमा सचिव डिल्लीराम शर्मालाई ज्ञापनपत्र बुझाउँदै यथाशघ्रि नर्सहरुको माग पुरा गर्नुपर्ने बताएका छन् ।

प्रशासन र नर्सबीच सौहार्दपूर्ण वातावरण तयार हुन नसक्दा दुबै पक्ष शक्ति प्रदर्शनमा लाग्दा गण्डकी प्रदेशकै ठूलो निजी अस्पताल र मेडिकल कलेजमा उपचार लिने बिरामीसमेत मर्कामा परेका छन् ।

अस्पताल प्रशासन भने नर्सहरुले नियमविपरित सेवा ठप्प पारिरहेकाले नयाँ जनशक्ति भर्ना गर्न विज्ञापन निकाल्न बाध्य भएको बताउँछ ।

Exit mobile version