प्रम सुशीला कार्कीले टीका नलगाउने

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादशैँमा टीका तथा जमरा नलगाउने भएकी छिन् ।

बडादशैँ हर्षोल्लासका साथ मनाउने पर्व भए पनि गत भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा घाइतेको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको’ प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

जेन-जी आन्दोलनका क्रममा निधन हुनेको संख्या ७६ रहेको छ भने अझै करिब ४० जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस घडीमा आफू टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाइदिने स्पष्ट पारेको छ ।

Exit mobile version