आजदेखि ‘नेपाल भर्सेज मलेसिया’ महिला टी–२० सुरु

नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि मलेसियासँग टी-२० सिरिज खेल्दैछ ।

नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा खेल बिहीबार दिउँसो ४:१५ बजे सुरु हुँदैछ ।

थप खेल चार खेल असोज १८, १९, २१ र २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिम एक साता अगाडि नै मलेसिया पुगिसकेको छ ।

नेपालको टोली:

इन्दु बर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर छन् ।

Exit mobile version