विपतमा युनाईटेड क्लब,गर्यो पोखराका ५ सरकारी कार्यालयमा कम्पुटर र प्रिन्टर वितरण

पोखरा । देशमा पछिल्लो समय घटित आन्दोलनको समय कास्कीका विभिन्न सरकारी कार्यालयमा आगलागी र तोडफड भए । जसको कारण जनाताले सरकारी कार्यालयबाट पाउने सुविधा ठप्प भयो ।

सोही कुरालाई मध्यनजर गरेर युनाइटेड क्लबले पोखराका विभिन्न सरकारी कार्यालयहरुमा कम्पुटर र प्रिन्टर प्रदान गरेको छ ।

जनता संग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला सरकारी वकिलको कार्यालय कास्की र पोखरा महानगरका वडा नं १०, १२ र १५ गरि  सहयोग गरेको संस्था ५ औँ पुगेको छ ।

क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत उक्त सहयोग प्रदान गरेको क्लबका अध्यक्ष लोक बहादुर थापाले जनाएको छ ।

युनाइटेड क्लबले जेनजी आन्दोलनको क्रममा सानो भएतापनि सहयोग गर्ने उद्देश्यले जनतासंग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालय र वडा कार्यालयहरुलाई आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो ।

युनाइटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत पूर्वको उदयपुर देखि पश्चिमको कैलाली सम्म विभिन्न विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।  

Exit mobile version