अर्थमन्त्री रामेश्वर खनालले जनगुनासो सम्बोधन गर्न मन्त्रालयको आधिकारिक इमेल सार्वजनिक गरेपछि १ सय ६६ वटा इमेल प्राप्त भएको र अधिकांशले घुस मागेको उल्लेख गरेका छन् ।
मन्त्रालयले जनाए अनुसार घुस मागेको इमेल प्राप्त भएपछि मन्त्री खनाल स्वयंले केहीलाई जवाफ पठाएको र घुस मागेको कर्मचारीलाई कारवाही सुरु गरेको जनाएको छ ।
सोमबार मन्त्री खनालले सर्वसाधारणसमक्ष इमेल सार्वजनिक गर्दै मन्त्रालयसमक्ष केही गुनासो भएमा र कर्मचारीले घुस मागे तुरुन्त इमेल गर्न आग्रह गरेका थिए ।
यसरी घुस माग्ने कर्मचारीलाई विभागीयलगात जागिरबाटै बर्खास्त गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ ।