महिला स्वास्थ्य स्वयंसेवीलाई ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड’

नेपालको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमले विश्व स्वास्थ्य संगठन अन्तरगत दक्षिण पूर्वी एसिया क्षेत्रको पब्लिक हेल्थ च्याम्पियन अवार्ड प्राप्त गरेको छ ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्य सुधारसंगै खोप कभरेज बढाउने, बालबालिकालाई पोषण बढाउनमा अहंम भूमिको खेलेको योगदानास्वरुप उक्त अवार्ड दिइएको हो ।

साथै, नेपालको स्वास्थ्यको पहुँच नपुगेका विपन्न समुदाय तथा दुर्गम स्थानमा समेत पुगेर रोगको प्रकोप तथा महामारी नियन्त्रणका लागि परिवर्तनकारी भूमिका खेलेको भन्दै सम्मान गरेको बताइएको छ ।

‘सामाजिक र भौतिक चुनौतीबीच महिला स्वास्थ्य स्वयंसेवीले निभाएको भूमिका अतुलनीय छ’ विश्व स्वास्थ्य संगठनले भनेको छ ।

Exit mobile version